Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पोखराकी २५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

पोखराकी २५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \पोखरा : पोखराकी २५ वर्षीया कोरोना संक्रमित महिलाको हिजो राती मृत्यु भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिका १ की २५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । माघ ५ गते कोरोना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भएको र उनको उपचारको क्रममा बिहिबार राती ९: ५६ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा कोरोना भाइरसको संक्रमणका कारण कडा खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । साथै उनमा क्रोनिक मिर्गौला रोग र उच्च रक्तचापको समस्या भएको समेत जनाइएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २०३ पुगेको निर्देशनालयले जनाएकाेछ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार