देशभर थप ३३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना देखिएको हो । गत २४ घण्टामा ५ हजार ३० जनाको पीसीआर परीक्षण गरिएको थियो ।
योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।यसैगरी हालसम्म२ लाख ६२ हजार ८६८ जना संक्रमित निको भइसकेकाछन्।
उता देशभर पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको छ ।
हाल देशभर ३ हजार ७९९ जना सक्रिय संक्रमति रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा