Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर थप ३३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

देशभर थप ३३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना देखिएको हो । गत २४ घण्टामा ५ हजार ३० जनाको पीसीआर परीक्षण गरिएको थियो ।

योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।यसैगरी हालसम्म२ लाख ६२ हजार ८६८ जना संक्रमित निको भइसकेकाछन्।

उता देशभर पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको छ ।

हाल देशभर ३ हजार ७९९ जना सक्रिय संक्रमति रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार