Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो (फोटो फिचर)

एक साता भित्रै लगाउन शुरु गरिने

भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो (फोटो फिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाललाई भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना विरुद्धको खोप आज काठमाडौं आएको छ ।

एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई एअरपोर्टमै उक्त खोप हस्तान्तरण गरे ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले भारत आफै कोरोना विरुद्ध लडिरहेका बेला नेपाल र नेपालीका लागि १० लाख डोज खोप सहयोग गर्न तयार हुनु आफैमा ठूलो कुरा भएको भन्दै भारत सरकारलाई धन्यवाद दिए । उता राजदूत क्वात्राले भारत र नेपालको मित्रताको अनुपम उदाहरणको रुपमा खोपलाई लिन सकिने भन्दै परेको बेलामा नेपाललाई हरसम्भव सहयोग गर्न भारत तयार रहेको बताए । खोप एअरपोर्टबाट सिधै स्वास्थ्य सेवा विभागको खोप भण्डारण केन्द्रमा भण्डारणका लागि लगिएको छ ।

सबै खोप त्यही भण्डारण गरिने र आवश्यकता अनुसार सबै प्रदेशमा वितरण हुने स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जनाए । उनले भने, ‘अहिले सबै खोप केन्द्रीय भण्डारण केन्द्रमा कोल्ड चेन मेन्टेन गरेर राखिन्छ । आवश्यकता र माग अनुसार प्रदेशमा पठाइनेछ । आज प्राप्त भएका खोप पहिलो चरणमा कोरोना विरुद्धको लडाइमा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलाई दिइने समेत उनले जानकारी दिए ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार