अहिले पनि देशभर १९८ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको भए पनि १९८ संक्रमित अझै पनि आईसीयू र भेन्टिलेटरमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका आईसीयूमा १६५ जना र भेन्टिलेटरमा ३३ जना रहेका छन्। मन्त्रालयको बुधबारसम्मको रेकर्ड अनुसार प्रदेश १ मा २ जना आईसीयूमा रहेका छन्र भने प्रदेश २ मा आईसीयूमा रहनेको संख्या शुन्य रहेको छ । यसैगरी बागमती प्रदशेमा ६० जना संक्रमित आईसीयूमा र २२ जना भेन्टिलेटरमा रहेका छन्।
गण्डकी प्रदेशमा भने ६७ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३२ जना आईसीयूमा र ४ जना भेन्टिेटरमा रहेका छन्।
कर्णालीमा १ जना मात्र आईसीयूमा रहेका छन् भने भेन्टिलेटरमा कोही पनि छैन्।
उता सुदूरपश्चिममा पनि १ जना मात्र आईसीयूमा रहेको जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा