Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अहिले पनि देशभर १९८ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

अहिले पनि देशभर १९८ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको भए पनि १९८ संक्रमित अझै पनि आईसीयू र भेन्टिलेटरमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका आईसीयूमा १६५ जना र भेन्टिलेटरमा ३३ जना रहेका छन्। मन्त्रालयको बुधबारसम्मको रेकर्ड अनुसार प्रदेश १ मा २ जना आईसीयूमा रहेका छन्र भने प्रदेश २ मा आईसीयूमा रहनेको संख्या शुन्य रहेको छ । यसैगरी बागमती प्रदशेमा ६० जना संक्रमित आईसीयूमा र २२ जना भेन्टिलेटरमा रहेका छन्।

गण्डकी प्रदेशमा भने ६७ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३२ जना आईसीयूमा र ४ जना भेन्टिेटरमा रहेका छन्।
कर्णालीमा १ जना मात्र आईसीयूमा रहेका छन् भने भेन्टिलेटरमा कोही पनि छैन्।

उता सुदूरपश्चिममा पनि १ जना मात्र आईसीयूमा रहेको जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार