Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर थप ३१८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं उपत्यकामा १४५ संक्रमित थपिए

देशभर थप ३१८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । यसैगरी हालसम्म २ लाख ६२ हजार ६४२ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज मृत्यु भएका सहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १९ सय ७५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार