Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप, भोलि नै आइपुग्ने

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप, भोलि नै आइपुग्ने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाललाई भारत सरकारले १० लाख डोज कोरोना विरुद्धको खोप प्रदान गरेको छ ।

उक्त खोप भोलि नै नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भारतीय राजदूतावासले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानका रूपमा उपलब्ध गराउने र उक्त खोप भोलि नै काठमाडौं आइपुग्ने बताए ।

उनले खोप पहिलो चरणमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्सका चालक लगायतका कर्मचारीलाई दिइने जनाए । त्यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनले जिकीर गरे ।

उनले नेपाल र भारतको मित्रताका कारण खोप आएको भन्दै भारत सरकारलाई धन्यवाद समेत दिए ।

उता नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालीका लागि यो भारत सरकारको ‘गिफ्ट’ भएको भन्दै आवश्यक परेमा अझै सहयोग गर्ने समेत जनाए । भारतले यही जनवरी १६ देखि कोरोना विरुद्धको खोप दिन शुरु गरेको र त्यसको एक साता पनि नबित्दै नेपाललाई खोप उपलब्ध गराउनु दुई देशको मित्रताको अनुपम उदाहरण भएको समेत क्वात्राले जिकीर गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार