भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप, भोलि नै आइपुग्ने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाललाई भारत सरकारले १० लाख डोज कोरोना विरुद्धको खोप प्रदान गरेको छ ।
उक्त खोप भोलि नै नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भारतीय राजदूतावासले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानका रूपमा उपलब्ध गराउने र उक्त खोप भोलि नै काठमाडौं आइपुग्ने बताए ।
उनले खोप पहिलो चरणमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्सका चालक लगायतका कर्मचारीलाई दिइने जनाए । त्यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनले जिकीर गरे ।
उनले नेपाल र भारतको मित्रताका कारण खोप आएको भन्दै भारत सरकारलाई धन्यवाद समेत दिए ।
उता नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालीका लागि यो भारत सरकारको ‘गिफ्ट’ भएको भन्दै आवश्यक परेमा अझै सहयोग गर्ने समेत जनाए । भारतले यही जनवरी १६ देखि कोरोना विरुद्धको खोप दिन शुरु गरेको र त्यसको एक साता पनि नबित्दै नेपाललाई खोप उपलब्ध गराउनु दुई देशको मित्रताको अनुपम उदाहरण भएको समेत क्वात्राले जिकीर गरे ।
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त