Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेप्लीज सोसाइटी अफ क्रिटिकल केयरद्धारा चिकित्सकमाथि भएको आक्रमणको विरोध

नेप्लीज सोसाइटी अफ क्रिटिकल केयरद्धारा चिकित्सकमाथि भएको आक्रमणको विरोध

हेल्थ टिभी अनलाइन\ काठमाडौं : त्रिवि  शिक्षण अस्पताल महाराजगञ्जको कोभिड आईसीयूमा कार्यरत डा सविन भण्डारीमाथि गरिएको आक्रमणप्रति नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनद्धारा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कोरोना महामारीका बेला ज्यान जोखिममा राखेर ड्युटीमा खटिएका चिकित्सक भण्डारीमाथि मंगलबार चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै संक्रमितका आफन्तले आक्रमण गरेका थिए।

सोसाइटीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड महामारीले प्रभावित बिरामीको उपचारमा बिरामीको ज्यान बचाउन अथक प्रयास गरिरहेका चिकित्सकमाथि भएको यस किसिमको घृणित, अक्षम्य एवं अमानवीय आक्रमणको घोर भत्र्सना र निन्दा गर्दछौँ ।’

सोसाइटीले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारवाही गर्न समेत माग गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार