नेप्लीज सोसाइटी अफ क्रिटिकल केयरद्धारा चिकित्सकमाथि भएको आक्रमणको विरोध
हेल्थ टिभी अनलाइन\ काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कोभिड आईसीयूमा कार्यरत डा सविन भण्डारीमाथि गरिएको आक्रमणप्रति नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनद्धारा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कोरोना महामारीका बेला ज्यान जोखिममा राखेर ड्युटीमा खटिएका चिकित्सक भण्डारीमाथि मंगलबार चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै संक्रमितका आफन्तले आक्रमण गरेका थिए।
सोसाइटीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड महामारीले प्रभावित बिरामीको उपचारमा बिरामीको ज्यान बचाउन अथक प्रयास गरिरहेका चिकित्सकमाथि भएको यस किसिमको घृणित, अक्षम्य एवं अमानवीय आक्रमणको घोर भत्र्सना र निन्दा गर्दछौँ ।’
सोसाइटीले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारवाही गर्न समेत माग गरेको छ ।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य