Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आउने भयो कोरोना भ्याक्सिन, यस्तो छ मन्त्रालयको तयारी

आउने भयो कोरोना भ्याक्सिन, यस्तो छ मन्त्रालयको तयारी

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पनि कोरोना विरुद्धको भ्याक्सिन आउने भएको छ । भारत सरकारले नेपाललाई अनुदानको रुपमा बुधबारदेखि भ्याक्सिन पठाउन तयारी थालेपछि नेपालमा पनि कोरोना भ्याक्सिन भित्रिने भएको हो ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिड विरुद्धको भ्याक्सिन ‘कोभिसिल्ड’ यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार लगायतका देशलाई अनुदान स्वरुप दिने तयारी गरेको भन्दै भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति समेत जारी गरेको छ ।

कति मात्रा दिने भन्ने उल्लेख नगरेको भए पनि यी देशहरुले बुधबारदेखि यो भ्याक्सिन पाउने भने पक्का भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार नेपाल भ्याक्सिन उपलब्ध गराउन भारतको उच्च प्राथमिकतामा रहेको छ ।

नेपालमा औषधि व्यवस्था विभागले एक साताअघि मात्र कोभिसिल्ड भ्याक्सिन आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । सरकारले पनि भ्याक्सिन आउने भएपछि कसरी लगाउने, क कसलाई लगाउने भन्ने विषयमा तयारी तीब्र पारेको छ । पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई यो भ्याक्सिन प्रदान गरिने मन्त्रालयले जनाएको छ । भ्याक्सिन लगाउनका लागि स्वास्थ्यर्मीलाई तालिम समेत दिइरहेको मन्त्रालयले जनाएको छ । भ्याक्सिन आएको एक साताभित्र लगाउने गरी मन्त्रालयले तयारी गरिरहेको जनाउँदै आएको छ ।

कोरोना भ्याक्सिनकै विषयलाई लिएर स्वास्थ्य मन्त्रालयले नेपालका लागि भारतीय राजदूत सहितको उपस्थितीमा आज २ बजे पत्रकार सम्मेलन गर्दैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार