Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

२४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३४८ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ जना पुगेको छ । यीमध्ये हालसम्म २ लाख ६२ हजार २५९ जना संक्रमणमुक्त भइसकेका छन्। आजै मात्र ४४१ जना निको भएर डिस्चार्ज भएका छन्।

उता पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ६९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ भने क्वारेन्टाइनमा १९० जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार