Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगंजको कोभिड आइसीयूमा खटिएका एक चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन्।

चिकित्सकले लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेका हुन्।

कोभिड आइसीयूमा उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि उनका आफन्तले डा सबिन भण्डारीलाई हातपात गरेको अस्पतालले जनाएको छ ।

कोरोना महामारीमा पनि जोखिम मोलेर खटिएका चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न र काम गर्ने सुरक्षित वातावरण बनाउन चिकित्सकहरुले माग गरेका छन्। उता अस्पतालमा प्रहरी बोलाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार