नेपालमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस, सावधानी अपनाउन मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पनि नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै बेलायतबाट आएका ३ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पुस महिनामा बेलायतबाट आएका मध्ये ६ जनालाई विशेष निगरानीमा राखिएको र ती मध्ये तीन जनाको रिपोर्टमा शंका लागेर थप परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएकोमा आजै उनीहरुमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले उनीहरु तीन जनामध्ये २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष रहेको समेत जनाएका छन्। संक्रमण भएकाहरुमध्ये २ जनाको रिपोर्ट हाल नेगेटिभ आइसेको र एक जना अझै पनि पोजेटिभ नै रहेको समेत उनले जिकीर गरे ।
मन्त्रालयले नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएसँगै जोखिम अझै बढेको भन्दै सावधानी अपनाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य