दिल्लीमा १० महिनापछि खुले स्कुल
हेल्थ टिभी अनलाइन : भारतको दिल्लीमा १० महिनापछि आजबाट स्कुल खुलेका छन्।
कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको भोलिपल्ट अर्थात आजबाट त्यहाँका सबै स्कुल खुलेका हुन्। स्कुलमा विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन स्वास्थ्यका सबै मापदण्ड पालना गर्दै पढाई सञ्चालन गरिने त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्।
विद्यार्थीलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाइएको छ भने प्रत्येकका लागि सेनिटाइजर समेत बाँडिएको जनाइएको छ । १० महिनापछि स्कुल जान पाउँदा विद्यार्थी भने निकै खुशी देखिएको स्थानीय मिडियाले जनाएका छन्।
भारतमा हालसम्म १ करोड ५७ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ५२ हजार ४५६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा