Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा पुनःस्थापना क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीबीच छलफल

नेपालमा पुनःस्थापना क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीबीच छलफल

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पुन:स्थापना क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुबीच कसरी अझ सशक्त ढंगले काम गर्न सकिन्छ भनेर छलफल भएको छ । यसमा फिजियोथेरापिस्ट, स्पिच थेरापिस्ट, अकुपेसनल थेरापिस्ट, प्रोस्थेसिस अर्थोसिस लगायतका संघहरुबीच आगामी दिनमा कसरी संयुक्त रुपमा काम गर्ने भनेर छलफल भएको आयोजक संस्थाले जनाएको छ ।

उक्त बैठकमा फिजियोथेरापी संघका अध्यक्ष लक्ष्मण अधिकारी , महासचिव समिद कतिला श्रेष्ठ , सचिव निष्ठा श्रेष्ठ तथा कार्यकारी सदस्य सुरज भुसाल , त्यस्तै स्पीच थेरापी संघका अध्यक्ष वीरेन्द्र झा , सचिव रजत गौतम , एकुपेसनल थेरापी संघका अध्यक्ष सैलेजा शर्मा तथा अर्थोसिस प्रोस्थेसीस संघका अध्यक्ष अमित रत्न बज्राचार्य तथा सचिव यति राज निरौला सहभागी थिए।

नेपाल फिजियोथेरापी संघको नेतृत्वमा शनिबार गरिएको बैठकले पुनःस्थापनाका यी विधाहरुका संस्थाहरुले हातेमालो गर्दै अगाडि बढ्ने सल्लाह तथा निष्कर्ष निकालेका हुन्। नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता हुने यी स्वास्थ्यकर्मीहरुको छुट्टै आ आफ्नो परिषद् भने हाल सम्म बनेको छैन् । सङ्ख्याको हिसाबले समेत थोरै रहेको यो विधाहरूमा परिषदमा फिजियोथेरापीको दर्ता २५०० नाघेको छ भने अन्य विधाहरूमा १०० भन्दा कम भएको बैठकबाट जानकारीमा आएको थियो । सङ्ख्याको आधारमा स्वास्थ्यकर्मी कम भएता पनि पुन:स्थापना सेवाको माग अहिले धेरै नै बढेको उनीहरुको बुझाई छ ।

एकातिर पुनःस्थापनाको माग बढ्दो छ भने अर्को तिर नीतिगत तहमा यसको खासै सम्बोधन हुन नसेकेको भन्दै अब एकजुट भएर बोल्ने बेला आएको सहभागीहरुले बताए । स्वास्थ्य व्यवसायी परिषदमा स्पीच थेरापी , अकुपेसनल थेरापी लगयतका  कोही पनि प्रतिनिधि समेत नभएको उनीहरुले जानकारी दिए । आगामी दिनमा विविध कार्यक्रम गरी यो विधाको महत्व उजागर गर्ने बैठकले निर्णय समेत गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि