Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीच १९ बुँदे सहमति

आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीच १९ बुँदे सहमति

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठन र स्वास्थ्य मन्त्रालयबीच १९ बुँदे सहमति भएको छ।

आइतबार मन्त्रालयमा बसेको दुई पक्षीय छलफलमार्फत सहमति जुटेको हो। विभिन्न माग राख्दै स्वास्थ्यमा कार्यरत ट्रेड युनियन तथा पेशागत संघ संगठनले संयुक्त रूपमा आन्दोलन गर्न संघर्ष समिति गठन गरेका थिए। उक्त समितिले  स्वास्थ्य क्षेत्रको सुधारका लागि महिनौंदेखि आन्दोलन गर्दै आएको थियो । उनीहरुसँग वार्ता गर्नका लागि स्वास्थ्य मन्त्रालयले केही साताअघि वार्ता टोली गठन गरेको थियो ।

विभिन्न चरणमा वार्ता भए पनि दुबै पक्ष सहमतिमा आउन सकेको थिएन । आइतबार भने स्वास्थ्यकर्मीलाई कोरोना जोखिम भत्ता उपलब्ध गराउने, काम गर्ने सहज वातावरण गराइदिने, संक्रमित भएका स्वास्थ्यकर्मीलाई बिदा तथा उपचार खर्च उपलब्ध गराउने लगायतका १९ वटा बुँदामा सहमति भएको संघर्ष समितका सह संयोजक तथा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले बताए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि