Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप २६६ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या ३९१९

थप २६६ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या ३९१९

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।  २४ घण्टामा देशभरका प्रयोगशालाबाट ३ हजार ५०८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

उता गत २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशभर कोरोना संक्रमण भएर आइतबारसम्म ज्यान गुमाउनेको संख्या १९ सय ५९ पुगेको छ ।

हाल देशभर ३ हजार ९१९ जना मात्र सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि