Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप

भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप

हेल्थ टिभी अनलाइन : भारत सरकारले हिजो जनवरी १६ देखि कोरोना विरुद्धको भ्याक्सिन दिन शुरु गरेको छ ।

सरकारले पहिलो दिन ३ लाख मानिसलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य राखेको भए पनि जम्म १ लाख ९१ हजार जनाले यो खोप लिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पहिलो दिन १ लाख ९१ हजारलाई मात्र खोप दिन सकिएको जनाएको हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार खोपका लागि ३ हजार ३५१ वटा सेन्टर तोकिएको थियो । यसैगरी १६ हजार ७५५ जना स्वास्थ्यकर्मी त्यसका लाथि खटिएको जनाइएको छ । मन्त्रालयका अनुसार सबै सेन्टरबाट साताको ४ दिन मात्र खोप दिइनेछ । २ दिन भने खोप कार्यक्रम नराखिने समेत जनाइएको छ ।

भारत सरकारले पहिलो लटमा फ्रन्टलाइनरलाई खोप दिइने जनाएको छ । खोप कार्यक्रमको उद्घाटन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खोप लगाए पनि स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन