२४ घण्टामा देशभर ५०३२ जनाको पीसीआर परीक्षण, ४०३ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा २४६ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा ४०३ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । यीमध्ये २ लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ सय ४३ पुगेको छ ।
हाल देशभर ४ हजार ४२६ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
२४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
नेपालमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस, सावधानी अपनाउन मन्त्रालयको आग्रह
दिल्लीमा १० महिनापछि खुले स्कुल
नेपालमा पुनःस्थापना क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीबीच छलफल
आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीच १९ बुँदे सहमति