२४ घण्टामा देशभर ५०३२ जनाको पीसीआर परीक्षण, ४०३ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा २४६ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा ४०३ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । यीमध्ये २ लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ सय ४३ पुगेको छ ।
हाल देशभर ४ हजार ४२६ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त