सुस्वास्थ्य हस्पिटल छैटौँ वर्षमा प्रवेश, सातै प्रदेशमा सेवा विस्तार गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको मीनभवनस्थित सुस्वास्थ्य हस्पिटल छैटौँ वर्षमा प्रवेश गरेको छ । प्राृकतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सुस्वास्थ्य हस्पिटलले योवीचमा झण्डै १० हजार भन्दा बढी बिरामीलाई सेवा प्रदान गरेको हस्पिटलका अध्यक्ष सुदर्शन बस्नेतले जनाए ।
हस्पिटलमा विशेष गरी नसा च्यापिएका बिरामी, हड्डी खिइएका, हाडजोर्नी समस्या भएका, पक्षघात भएका, माइग्रेन, अनिद्रा, डिप्रेसन आदीका बिरामी आउने गरेको पनि उनले जानकारी दिए ।
नसा च्यापिएका बिरामीको उपचारमा हस्पिटलले ९० प्रतिशत सफलता पाएको बस्नेतले जनाएका छन्। हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न स्थानमा गएर जनचेतनामूलक कार्यक्रम गर्ने मात्र होइन नि: शुल्क स्वास्थ्य शिविरहरु समेत गर्दै आएको छ । यो पाँच वर्षको अवधिमा हस्पिटलले देशका विभिन्न स्थानमा गएर नि: शुल्क स्वास्थ्य शिविर गरेको र त्यसबाट ५ हजार भन्दा बढी बिरामीले नि: शुल्क सेवा लिएको जनाइएको छ ।
कोरोना महामारीका कारण हस्पिटल प्रांगणमा सिमीत कर्मचारी र बिरामीबीच वार्षिकोत्सव मनाइएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष बस्नेतले आगामी दिनमा सातै प्रदेशमा शाखा स्थापना गरी सेवा विस्तार गर्दै लाने योजना रहेको समेत जनाए ।
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै