Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुस्वास्थ्य हस्पिटल छैटौँ वर्षमा प्रवेश, सातै प्रदेशमा सेवा विस्तार गर्दै

सुस्वास्थ्य हस्पिटल छैटौँ वर्षमा प्रवेश, सातै प्रदेशमा सेवा विस्तार गर्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको मीनभवनस्थित सुस्वास्थ्य हस्पिटल छैटौँ वर्षमा प्रवेश गरेको छ । प्राृकतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सुस्वास्थ्य हस्पिटलले योवीचमा झण्डै १० हजार भन्दा बढी बिरामीलाई सेवा प्रदान गरेको हस्पिटलका अध्यक्ष सुदर्शन बस्नेतले जनाए ।

हस्पिटलमा विशेष गरी नसा च्यापिएका बिरामी, हड्डी खिइएका, हाडजोर्नी समस्या भएका, पक्षघात भएका, माइग्रेन, अनिद्रा, डिप्रेसन आदीका बिरामी आउने गरेको पनि उनले जानकारी दिए ।

नसा च्यापिएका बिरामीको उपचारमा हस्पिटलले ९० प्रतिशत सफलता पाएको बस्नेतले जनाएका छन्। हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न स्थानमा गएर जनचेतनामूलक कार्यक्रम गर्ने मात्र होइन नि: शुल्क स्वास्थ्य शिविरहरु समेत गर्दै आएको छ । यो पाँच वर्षको अवधिमा हस्पिटलले देशका विभिन्न स्थानमा गएर नि: शुल्क स्वास्थ्य शिविर गरेको र त्यसबाट ५ हजार भन्दा बढी बिरामीले नि: शुल्क सेवा लिएको जनाइएको छ ।

कोरोना महामारीका कारण हस्पिटल प्रांगणमा सिमीत कर्मचारी र बिरामीबीच वार्षिकोत्सव मनाइएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष बस्नेतले आगामी दिनमा सातै प्रदेशमा शाखा स्थापना गरी सेवा विस्तार गर्दै लाने योजना रहेको समेत जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन