कोरोना खोप कोषमा योगदान गर्न स्वास्थ्य मन्त्रालयको आव्हान
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाको खोप निःशुल्क वितरण गर्न भन्दै सरकारले दाता एवं अन्य निकायलाई सहयोग माग्दै सूचना जारी गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना खोप निशुल्क वितरणका लागि ठूलो रकम लाग्ने भन्दै सो कोषमा रकम जम्मा गर्नको लागि दातालाई अनुरोध गरेको हो ।
कोषमा योगदान गर्ने दाताहरुसँग समन्वय गर्दै जम्मा भएको रकमको परिचालन र खर्चको समीक्षा समेत गरिने सूचनामा उल्लेख छ । रकम जम्मा गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर समेत दिइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा