कोरोना संक्रमित नभएपछि नेपालगञ्ज मेडिकल कलेजको कोभिड वार्ड बन्द
हेल्थ टिभी अनलाइन \बाँके : कोरोना संक्रमितको उपचार गर्दै आएको बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजको कोभिड वार्ड बन्द गरिएको छ ।
केही दिनयता अस्पतालको कोभिड वार्डमा नयाँ संक्रमित भर्ना नभएकाले हाललाई कोहलपुरमा रहेको उक्त अस्पतालको कोभिड वार्डलाई बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताएका छन्। उनले भने, ‘अहिले अस्पतालको कोभिड वार्डमा एक जना मात्र संक्रमित हुनुहुन्छ त्यो पनि आजभोलि नै डिस्चार्ज हुने भएकाले अबदेखि सो कोभिड वार्ड बन्द गर्ने निर्णय भएको हो । ‘
उनले बाँकेमा केही समययता कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको भन्दै यस्तो निर्णय गरेको जनाए । उनले आवश्यक परेमा भेरी अस्पतालमा प्रसस्त बेड रहेको र अब सो अस्पतालबाट मात्र संक्रमितको उपचार गरिने समेत जिकीर गरे । भेरीमा पनि हाल ३० जना मात्र संक्रमित भर्ना छन्।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?