आयुर्वेद विभागको साताव्यापी योग दिवस कार्यक्रम आजबाट शुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस वर्षको राष्ट्रिय याेग दिवस साताव्यापी रुपमा मनाउने भएको छ ।
माघ १ गते मनाइने राष्ट्रिय योग दिवसकावारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले योग र आयुर्वेदका विषयमा विभिन्न चरणका छफफल, अन्तरर्किया एवं योग अभ्यास गराउँदै एक सातासम्म यो दिवस मनाइने जनाए । उनले योग र आयुर्वेद भनेको नसर्ने रोग लाग्न नदिने एक किसिमको भ्याक्सिन जस्तै भएको भन्दै योग प्रणायाम एवं स्वस्थ जीवनशैली अपनाउने हो भने धेरै हदसम्म नसर्ने रोगबाट बच्न सकिने जिकीर गरे ।
कार्यक्रममा उनले आयुर्वेद, जडीबुटीले कोरोना संक्रमणका बेला बिरामीलाई धेरै अप्ठेरो हुन नदिएको र त्यही कारण नेपालमा मृत्युदर कम भएको पनि जनाए । उनले भने, ‘हुन त अहिले नै अध्ययन गरिएको छैन् तर हामीले प्राकृतिक रुपमा संक्रमितलाई राखेर जडीबुटी खान दिएर एवं योग, प्रणायाम गराएका संक्रमित अन्य संक्रमितको तुलनामा छिट्टै निको भएको पाइयो । यसले पनि के देखाउँछ भने हामीले दैनिक रुपमा भान्सामा प्रयोग गर्दै आएका बेसार, जिम्मु, ज्वानो, अदुवा लगायतका थुप्रै मसलाले संक्रमितलाई धेरै जटिलता हुनबाट जोगाएको हुनसक्छ, उनले थपे ।
योगकोबारेमा जनचेतना जगाउनका लागि विभागले विगत ६ वर्षदेखि माघ १ मा राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । यस वर्षको योग दिवसको नारा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा