नयाँ मन्त्री आए लगत्तै स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले स्वास्थ्य सेवा विभाग र अस्पतालका गरी पाँच निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन्।
मन्त्री त्रिपाठीले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागका र अस्पतालका गरी पाँच निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन्।
यही क्रममा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको छ । अहिलेका महाशाखाका निर्देशक डा बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयका तानिएको जनाइएको छ । उता कान्ति बाल अस्पतालको निर्देशकमा डा आरपी बिच्छालाई पठाइएको छ ।
यस्तै, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा मन्त्रालयमा रहेका डा मदन उपाध्यायलाई पठाइएको छ भने केही दिन अघि मात्र उपचारात्मक महाशाखामा सरुवा गरिएका डा रमेश खरेललाई मन्त्रालयलमा तानिएको छ ।
स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्री आए लगत्तै आफू अनुकुल हुने गरी कर्मचारी सरुवा गर्ने प्रवृति रहेको पाइन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा