Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नयाँ मन्त्री आए लगत्तै स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर

नयाँ मन्त्री आए लगत्तै स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर

हेल्थ टिभी अनलाइन \काठमाडौं :  स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले स्वास्थ्य सेवा विभाग र अस्पतालका गरी पाँच निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन्।

मन्त्री त्रिपाठीले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागका र अस्पतालका गरी पाँच निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन्।

यही क्रममा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको छ । अहिलेका महाशाखाका निर्देशक डा बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयका तानिएको जनाइएको छ । उता कान्ति बाल अस्पतालको निर्देशकमा डा आरपी बिच्छालाई पठाइएको छ ।

यस्तै, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा मन्त्रालयमा रहेका डा मदन उपाध्यायलाई पठाइएको छ भने केही दिन अघि मात्र उपचारात्मक महाशाखामा सरुवा गरिएका डा रमेश खरेललाई मन्त्रालयलमा तानिएको छ ।

स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्री आए लगत्तै आफू अनुकुल हुने गरी कर्मचारी सरुवा गर्ने प्रवृति रहेको पाइन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै