होम आइसोलेसनमा बसेका २२ प्रतिशत संक्रमितलाई अस्पताल जान यातायातको समस्या : अध्ययन
हेल्थ टिभी अनलाइन \काठमाडौं : होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले आफूहरुलाई आपतकालिन अवस्थामा यातायात पाउन समस्या भएको जनाएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले होम आइसोलेसना बसेका संक्रमितमा गरेको अध्ययनमा सहभागीमध्ये २२ दशमलब ६ प्रतिशत सहभागीले आफूहरुलाई घरमा रहेका बेला आपतकालिन अवस्थामा अस्पताल जानुपर्ने भएको र सो बेला यातायात पाउन निकै मुश्किल भएको जनाएका हुन्।
उता २० दशमलब ५ प्रतिशत संक्रमितमा कुनै न कुनै समस्या झेल्नुपरेको अध्यययले देखाएको छ । ४२ प्रतिशतलाई छुट्टै कोठाको व्यवस्थापन गर्न समस्या भएको, २६ प्रतिशतलाई छुट्टै शौचालयको समस्या, २० प्रतिशतलाई बाहिरबाट सामान ल्याउन समस्या भएको र १० प्रतिशत सहाभागीलाई औषधिसमेत ल्याउन समस्या देखिएको अध्ययनले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा