कोरोनाविरुद्धको भ्याक्सिन चाँडै ल्याउने छौँ : प्रधानमन्त्री ओली
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा चाँडै कोरोना भाइरस विरुद्धको भ्याक्सिन ल्याउने बताएका छन्।
आइतबार बसेको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन चाँडै ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन्।
उनले बैठकलाई सम्बोधन गर्दै नागरिकको जीवन सुरक्षा आफनो पहिलो कर्तब्य भएको जिकीर गरे । यसका साथै उनले भ्याक्सिन नआउन्जेल यसको जाखिम कायम नै रहेकाले सामाजिक दुरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र साबुन पानीले नियमित हात धुन नभुल्न आग्रह गरे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा