Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायल हुँदै, नेतृत्व आईओएमले लिने

नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायल हुँदै, नेतृत्व आईओएमले लिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : अष्ट्रेलियन कम्पनीको तर चाइनामा बनेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा गरिने भएको छ।

यसको नेतृत्व त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले लिइरहेको छ । आईओएमकी डीन प्रा डा दिव्या सिंह शाहले नेपालमा कोरोना विरुद्धको खोपको तेस्रो फेजको क्लिनिकल ट्रायलका लागि तयारी गरेको पुष्टि गरिन्। उनले फस्ट फेज र सेकेण्ड फेजको ट्रायल अष्ट्रेलियामा नै भइसकेको समेत जिकीर गरिन् ।

उनले हेल्थ टिभी अनलाइनसँग कुराकानी गर्दै नेपालमा कोरोना विरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ‘इथिकल क्लिरेन्स’ समेत दिइसकेको जनाइन्। उनले भनिन, ‘यो खोपको अहिले १२ देशमा क्लिनिकल ट्रायल भइरहेको र त्यसमध्ये नेपाल पनि एक हाे । यसको नेतृत्व आईओएमले लिएको हो । त्यसका लागि हामीले पनि यो प्रस्ताव गरेका हौं र यो अब मन्त्रीपरिषदबाट पास भए लगत्तै काम अघि बढ्छ ।’

उता परिषदका प्रमुख रिसर्च अफिसर डा मेघनाथ धिमालले तेस्रो फेजको क्लिनिकल ट्रायल बिरामीलाई नभई स्वस्थ व्यक्तिलाई दिइने र त्यसको प्रभावकारीता हेर्ने जनाए । उनले भने, ‘धेरैले खोपको ट्रायल हुन लागेको भन्ने बित्तिकै बिरामीलाई नै दिन लागिएको हो की भन्ने सोच्नुहुन्छ, यो त्यस्तो हैन् । स्वस्थ मानिसलाई खोप दिने र यसले कति काम गर्‍यो भनेर हेर्ने हो क्लिनिकल ट्रायल भनेको ।’

खोप ट्रायलका विषयमा अब मन्त्रिपरिषद्ले स्वीकृति दिए लगत्तै केही सातामै कोरोना भाइरसविरुद्ध खोपको नेपालमा क्लिनिकल ट्रायल सुरु हुनेछ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै