२४ घण्टामा ४२८६ जनाको पीसीआर परीक्षण, ३६२ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट ४ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा ३६२ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । उता पछिल्लो २४ घण्टामा देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १९ सय १२ पुगेको छ ।
आज ६९९ जना संक्रमणमुक्त भएसँगै देशभर सक्रिय संक्रमितको संख्या घटेर ४ हजार ६८१ मा रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा