Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घट्दै संक्रमितको संख्या : देशभर ५०२१ सक्रिय संक्रमित, २१९ जना आईसीयू र भेन्टिलेटरमा

घट्दै संक्रमितको संख्या : देशभर ५०२१ सक्रिय संक्रमित, २१९ जना आईसीयू र भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१ मात्र रहेको छ ।

संक्रमितको संख्या घट्दै जाने र संक्रमणमा परेकाहरु निको हुँदै गएपछि आइसोलेसनमा सक्रिय संक्रमितको संख्या घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ लाख ६४ हजार १५९ जनामा कोरोना पुष्टि भएकोमा २ लाख ५७ हजार २२९ जना निको भएको र १९ सय ९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा देशभर ५ हजार २६९ पीसीआर परीक्षण गर्दा जम्मा ५५४ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

उता कोरोना संक्रमणमा परेर सिकिस्त भएर आईसीयूमा १८२ जना संक्रमितको उपचार भइरहेको छ । भेन्टिलेटरमा भने ३७ जना संक्रमित रहेका छन्। यसैगरी अहिले पनि १५ सय ६१ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै