देशभर थप ५५४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ जना पुगेको छ । यीमध्ये २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ९ पुगेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा