Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘होम आइसोलेसनमा बसेका झण्डै ६६ प्रतिशत कोरोना संक्रमित लक्षणविहिन’

‘होम आइसोलेसनमा बसेका झण्डै ६६ प्रतिशत कोरोना संक्रमित लक्षणविहिन’

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका झण्डै ६६ प्रतिशत संक्रमितमा कुनै पनि लक्षण नदेखिएको अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययन अनुसार होम आइसोलेसनमा बसेका ६५ दशमलब ९ प्रतिशत संक्रमितमा कुनै पनि लक्षण नदेखिएको पाइएको हो । परिषदले आज एक कार्यक्रम गरी “कोरोना संक्रमण भइ होम आइसोलेसनमा रहेका बिरामीहरुको स्वास्थ्यस्थिति मुल्यांकन” र नेपालमा कोरोना संक्रमित बिरामीहरुको सार्स कोभ २ भाइरसको अनुवंशीक अनुक्रमिय व्याख्या बारे गरिएको अध्ययनको रिपोर्ट सार्बजनिक गर्दै सो कुरा बाहिर ल्याएको हो ।

उता अध्ययनमा सहभागी भएका र लक्षण देखिएका संक्रमितमा भने ज्वरो आउने, खोकी लाग्ने, चिसो महसुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध गुमाउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, घाँटी दुखाइ, जोर्नी दुख्ने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिएको पनि अध्ययनमा उल्लेख छ ।

उता अध्ययनमा सहभागी भएका संक्रमितमध्ये ५२ प्रतिशतले परिवारमा दूरी कायम गरेको भए पनि १२ दशमलब ५ प्रतिशत संक्रमितले सामाजिक दूरीको ख्याल नगरेको पाइएको छ । यसैगरी अध्ययन अनुसार ५८ प्रतिशत सहभागी संक्रमितमा होम आइसोलेसनमा बस्दा मानसिक अशान्ति भएको पाइएको छ । अध्ययन अनुसार १० प्रतिशतलाई आफूलाई रोग लागेको समेत स्विकार गर्न गाह्रो भएको पाइएको छ । होम आइसोलेसनमा रहेका ५९ प्रतिशत सहभागीहरुले घरेलु उपचार गुर्जो, बेसार प्रयोग गरेको पाइएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै