कोरोना संक्रमणबाट विश्वभर ६ सय बढी पत्रकारको मृत्यु
हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना संक्रमणबाट ६ सय भन्दा बढी पत्रकारको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ ।
स्विजरल्याण्डस्थित प्रेस इम्बलम कंपेन नामको एक संस्थाले गरेको अध्ययनका आधारमा यो रिपोर्ट बाहिर आएको हो । यसका अनुसार हालसम्म ५९ देशका ६०२ जना पत्रकारको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
सबैभन्दा बढी लेटिन अमेरिकामा ३०३ जना पत्रकारको मृत्यु भएको बताइएको छ । एसियामा १४५ जना र यूरोपमा ९४ जना पत्रकारको मृत्यु भएको पाइएको छ । यसैगरी उत्तर अमेरिकामा ३२ र अफ्रिकामा २८ जनाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।
उता भारतमा अहिलेसम्म कोरोना संक्रमणमा परेर ५३ जना पत्रकारले ज्यान गुमाइसकेका छन्। उता बंगलादेशमा ४१ र पाकिस्तानमा २२ जना पत्रकारको ज्यान गएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
उक्त संस्थाले पत्रकारहरु पनि स्वास्थ्यकर्मी जस्तै कोरोना संक्रमणको उच्च जोखिममा हुने भएकाले खोप लगाउने बेलामा पत्रकारलाई पनि उच्च प्राथमिकतामा राख्न जोड दिएको छ ।
एजेन्सीको सहयोगमा
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ