Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा ९७.३ प्रतिशत कोरोना संक्रमित निको भए, मृत्यु हुनेको संख्या १८९९

नेपालमा ९७.३ प्रतिशत कोरोना संक्रमित निको भए, मृत्यु हुनेको संख्या १८९९

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा कोरोना संक्रमितमध्ये ९७ दशमलब ३३ प्रतिशत निको भइसकेका छन्। बुधबारसम्म २ लाख ६३ हजार १९३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उता गत वर्षको माघ महिना यता नेपालमा हालसम्म १८ सय ९९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन।् यो कुल कोरोना संक्रमितमध्येबाट शुन्य दशमलब ७२ प्रतिशत हो । अन्य देशको तुलनामा नेपालमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको छ।

मन्त्रालका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ मात्र रहेको छ । यीमध्ये १९७ जना आइसीयूमा र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले सोलुुखुम्बु, डोल्पा र मुगु कोरोना संक्रमित शुन्य जिल्ला भएका छन्।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै