थप ४०९ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
सक्रिय संक्रमितको संख्या ५ हजार १३३
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा देशभरका प्रयोगशालाबाट ६ हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
योसहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । यी मध्ये हाल २ लाख ५६ हजार १६१ जना निको भइसकेका छन्। उता पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १८ सय ९९ पुगेको छ ।
अहिले जम्मा आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार १३३ मात्र रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा