कान्तिमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन
हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
बालबालिकालाई मानसिक स्वास्थ्य सम्बन्धी सेवा दिने गरी आज स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले भवनको उद्घाटन गरेका हुन्। उनले कान्ति बाल अस्पतालको ५९ औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा सो भवनको पनि उद्घाटन गरेका हुन्। सो भवन अस्पताल परिसरमै रहेको छ ।
बालबालिकामा पनि मानसिक समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सो सेवा शुरु गर्न लागिएको अस्पतालका निर्देशक डा कृण्ण प्रसाद पौडेलले जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा