Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोनासँगै वायु प्रदूषणको कहर : मर्निङ वाकमा समेत ननिस्कन सरकारको अपिल

कोरोनासँगै वायु प्रदूषणको कहर : मर्निङ वाकमा समेत ननिस्कन सरकारको अपिल

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै केही समयका लागि मर्निङ वाकमा समेत ननिस्कन सर्वसाधारणलाई अपिल गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै केही दिनदेखि काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाई लगायत अन्य स्वास्थ्य समस्या गराउन सक्ने जनाउँदै सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

काठमाडौं उपत्यकामा केही दिनदेखि वायु प्रदूषण बढेर विश्वकै बढी प्रदुषित शहरमा सूचिकृत भएको छ । वायु प्रदूषणकै कारण काठमाडौंमा दुईदिनदेखि मौसम खराब मात्र हैन घाम समेत लागेको छैन्।

यसका साथै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अत्यावश्वक नपरेसम्म घरबाहिर ननिस्कन, फोहोरको उचित व्यवस्थापन गर्न, कुनै पनि फोहोर नजलाउन, धुलो धुवाँ निस्कने खालका पेशा व्यवसाय केही दिनका लागि बन्द गर्न समेत आग्रह गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै