कोरोनासँगै वायु प्रदूषणको कहर : मर्निङ वाकमा समेत ननिस्कन सरकारको अपिल
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै केही समयका लागि मर्निङ वाकमा समेत ननिस्कन सर्वसाधारणलाई अपिल गरेको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै केही दिनदेखि काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाई लगायत अन्य स्वास्थ्य समस्या गराउन सक्ने जनाउँदै सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको हो ।
काठमाडौं उपत्यकामा केही दिनदेखि वायु प्रदूषण बढेर विश्वकै बढी प्रदुषित शहरमा सूचिकृत भएको छ । वायु प्रदूषणकै कारण काठमाडौंमा दुईदिनदेखि मौसम खराब मात्र हैन घाम समेत लागेको छैन्।
यसका साथै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अत्यावश्वक नपरेसम्म घरबाहिर ननिस्कन, फोहोरको उचित व्यवस्थापन गर्न, कुनै पनि फोहोर नजलाउन, धुलो धुवाँ निस्कने खालका पेशा व्यवसाय केही दिनका लागि बन्द गर्न समेत आग्रह गरिएको छ ।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य