अनावश्यक रुपमा पटकपटक पीसीआर गरेर स्रोतसाधनको दुरुपयोग नगर्न मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै जना व्यक्तिले पटकपटक पीसीआर परीक्षण गरेर स्रोतसाधनको दुरुपयोग नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संक्रमण भएका र कुनै लक्षण चिन्ह नदेखिएका व्यक्ति १० दिनको आइसोलेसन बसेपछि दैनिक जीवनमा फर्किन सक्ने भन्दै त्यसका लागि नेगेटिभ रिपोर्ट नआउन्जेल पीसीआर परीक्षण गरिरहन नपर्ने जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतिपय मानिसहरु संक्रमण पुष्टि भएपछि नेगेटिभ रिपोर्ट नआउन्जेल परीक्षण गरिरहने र नेगेटिभ नतिजा नआउन्जेल डिस्चार्ज समेत हुन नमान्ने गरेको गुनासो आउने गरेको छ ।’ उता कतिपय व्यक्ति भने संक्रमण भएर स्वास्थ्य अवस्था बिग्रदै जाँदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नजाने गरेको पाइएकोले यसो नगर्न आग्रह गरिएको छ ।
डा गौतमले सबै अस्पताल तथा प्रयोगशालालाई कोभिड परीक्षण निर्देशिका बमोजिम मात्र गर्न र गराउन आग्रह गरेका छन्। । विज्ञहरुले संक्रमण पुष्टि भएको ९ दिनपछि अन्य व्यक्तिमा संक्रमण नसर्ने भन्दै त्यो भन्दा बढी अस्पताल बस्न नपर्ने र पुन: परीक्षण समेत गर्न नपर्ने बताउँदै आएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा