सातैवटा प्रदेशमा शाखा कार्यालय विस्तार गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सातैवटा प्रदेशमा आफनो शाखा कार्यालय खोल्ने भएको छ ।
स्वास्थ्यको अनुसन्धानलाई बिस्तार गर्दै लाने क्रममा यो आर्थिक वर्षदेखि शाखा कार्यालय (एकाई कार्यालय) खोल्न लागिएको परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले बताए ।
उनले भने, ‘सातैवटा प्रदेशमा यसपटकदेखि एकाई कार्यालय खोल्नका लागि एक करोड बजेट समेत छुट्याइसकिएको छ । अब प्रदेश सरकारसँग छलफल गर्दै काम अघि बढाइरहेका छौं ।’ उनले शुरुमा प्रत्येक प्रदेशमा ३ जना स्टाफ रहने पनि बताए ।
प्रदेशमा परिषदको कार्यालय हुँदा त्यही भएका स्थानीय रोग, समस्या वा कुनै पनि विषयको स्थानीय स्तरमै रहेर अनुसन्धान हुने हुँदा यसले देशका कुना काप्चाका विषयहरु समेटिने र अनुसन्धानको क्षेत्र फराकिलो हुने समेत जिकीर गरे । उनले कतिपय प्रदेशमा जग्गा समेत उपलब्ध भइसकेको भन्दै अब परिषदको क्षेत्र फराकिलो बन्दै जाने जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण