नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ
हेल्थ टिभी अनलाइन \काठमाडौं : नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान लागेका ७ जना पक्राउ परेका छन्।
फ्लाई दुबईको जहाजबाट दुबई जान लागेका उनीहरूलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ पक्राउ गरेको हो।
उनीहरुले नाम चलेको ह्याम्स अस्पताल र सेन्ट्रल डायग्नोष्टिक ल्याबको नाममा रिपोर्ट बनाएको पाइएको छ । उनीहरुलाई यी प्रयोगशालाको नाममा एजेन्टले आफै नक्कली रिपोर्ट प्रिन्ट गरेर दिएको बताइएको छ ।
शनिबार पक्राउ पर्नेमा ७ जना रहेको प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा