२४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु, मृतकको संख्या १८७० पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ७० पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर शुन्य दशमलब ७१ प्रतिशत रहेको छ । यसैगरी संक्रमित भएका २ लाख ६१ हजार ४३८ जनामध्ये २ लाख ५३ हजार ८५७ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७५० जना संक्रमणमुक्त भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा