काठमाडौं उपत्यकामा १६७ सहित थप ४२६ जनामा कोरोना संक्रमण
२४ घण्टामा थप ८ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा १६७ जना सहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।
यी मध्ये हालसम्म २ लाख ५३ हजार १०७ जना संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ६४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४८ मात्र रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा