६ हजार जनाको पीसीआर परीक्षण गर्दा ५३४ जनामा कोरोना पुष्टि
थप ९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार जनाको पीसीआर परीक्षण गर्दा ५३४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको मृत्यु भएको जनाइएको छ । योसहित नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा