थप ५११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख ६० हजार नाघ्यो
२४ घण्टामा थप ७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
आज थप ६ सय जना संक्रमणमुक्त भएसँगै देशभर कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका संक्रमितसहित देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय ४७ पुगेको छ ।
हाल देशभर ६ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा