बर्दियाकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बर्दियामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
ठाकुरबाबा- ९ बर्दियाकी ८५ वर्षीया महिलाको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो । योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । पुस १२ गते कोरोना पुष्टि भएकी उनको अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेकोमा हिजा राती १०:२५ बजे मृत्यु भएको जनाइएको छ ।
उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि सम्पूर्ण सर्पोटिभ उपचार गरिएको भए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार देशभर १८ सय ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा