भारतमा पनि भेटियो कोरोना भाइरसको नयाँ संक्रमण
बेलायतबाट आएका ११४ जनामा संक्रमण देखिएकोमा ६ जनामा नयाँ भाइरस फेला
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ । बेलायतबाट भारत आएका ६ जनामा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये ३ जनाको बेंग्लोरको प्रयोगशालामा २ जनाको हैदराबादको प्रयोगशालामा र एक जनाको पूणेको प्रयोगशालमा परीक्षण गरिएको थियो । यसरी छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा नयाँ प्रकारको भाइरस भेटिएको जनाइएको छ ।
२५ नोभेम्बरदेखि २३ डिसेम्बर सम्म बेलायतबाट ३३ हजार जना भारत भित्रिएको र उनीहरुमध्ये ११४ जनामा कोेरोना पोजेटिभ पाइएको मन्त्रालयका अधिकारीहरुले विभिन्न सञ्चारमाध्यमलाई जनाएका छन्। उनीहरुमध्ये ६ जनामा भने नयाँ प्रकारको भाइरस फेला परेको हो । उनीहरुको विभिन्न ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो । उनीहरुलाई अहिले संस्थागत आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलिएपछि भारत सरकारले २३ डिसेम्बरदेखि बेलायतबाट आउने सबै उडान बन्द गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा