Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ६५९ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थपिए २७८ संक्रमित

थप ६५९ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३८ पीसीआर परीक्षण गर्दा ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । यी मध्ये हालसम्म २ लाख ५० हजार ५८१ जना संक्रमित निको भइसकेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ३२ पुगेको छ ।

हाल देशभर ६हजार ४४५ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यकामा आज थप २७८ जना थपिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै