Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

माइतीघरमा स्वास्थ्यकर्मीहरुको धर्ना कार्यक्रम

माइतीघरमा स्वास्थ्यकर्मीहरुको धर्ना कार्यक्रम

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्यका विभिन्न ट्रेड यूनियन तथा पेशागत संघ संस्थाहरुले आफना माग पूरा नभएको भन्दै धर्ना दिने भएका छन्। उनीहरुले आज ११ बजेदेखि १२: ३० सम्म डेड घण्टा स्वास्थ्य मन्त्रालय नजिकै रहेको माइतीघरमा धर्ना दिने भएका हुन्।

स्वास्थ्यका संगठनहरुले कोरोना महामारीका बेला सेवामा खटिएका स्वास्थ्कर्मीको सुरक्षा, जोखिम भत्ता प्रदान गर्नुपर्ने लगायतका १८ बुँदै माग राखेर यसअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएका थिए । २१ दिने अल्टिमेटम दिएर ज्ञापन पत्र बुझाएका उनीहरुले पुन एक साता समय थप गरेका भए पनि मन्त्रालयबाट कुनै सुनुवाई नभएपछि आन्दोलनका कार्यक्रम तय गरेका हुन्। यही बेला उनीहरुलाई जसलाई ज्ञापन पत्र बुझाएका थिए । उनी भने स्वास्थ्यबाट सरुवा भएर पर्यटन मन्त्रालय गइसकेका छन्।

आजै मात्र स्वास्थ्यका नयाँ मन्त्रीका रुपमा ह्दयेश त्रिपाठीले पदबहाली गर्दैछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै