Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोनाबाट निको हुने दर ९६.७ प्रतिशत

नेपालमा कोरोनाबाट निको हुने दर ९६.७ प्रतिशत

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणको दर घट्दै जाँदा यसबाट निको हुने संक्रमितको संख्या पनि बढेको छ।

नेपालमा हाल कोरोना भाइरसको संक्रमण भएर निको हुने दर ९६ दशमलब ७ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ लाख ५७ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ लाख ४९ हजार १३२ जना अर्थात ९६ दशमलब ७ प्रतिशत संक्रमणमुक्त भइसकेका छन्। उता कुल संक्रमितमध्ये मृत्यु हुने दर शुन्य दशमलब ७१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालको कोरोनाबाट निको हुने दर अन्य देशहरुको तुलनामा राम्रो देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।  विश्वको आंकडा हेर्ने हो भने कोरोना संक्रमणबाट निको हुने दर औसतमा ७० दशमलब ४ प्रतिशत रहेको छ भने मृत्युदर २ दशमलब २ प्रतिशत रहेको पाइन्छ । मृत्युदर देशहरु अनुसार तल माथि रहेको पाइन्छ ।

हाल विश्वमा कुल संक्रमितमध्ये २७ दशमलब ४ प्रतिशत सक्रिय संक्रमित रहेका छन्। यता नेपालमा भने कुल संक्रमितमध्ये जम्मा २ दशमलब ६२ प्रतिशत सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै