नेपालमा कोरोनाबाट निको हुने दर ९६.७ प्रतिशत
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणको दर घट्दै जाँदा यसबाट निको हुने संक्रमितको संख्या पनि बढेको छ।
नेपालमा हाल कोरोना भाइरसको संक्रमण भएर निको हुने दर ९६ दशमलब ७ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ लाख ५७ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ लाख ४९ हजार १३२ जना अर्थात ९६ दशमलब ७ प्रतिशत संक्रमणमुक्त भइसकेका छन्। उता कुल संक्रमितमध्ये मृत्यु हुने दर शुन्य दशमलब ७१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालको कोरोनाबाट निको हुने दर अन्य देशहरुको तुलनामा राम्रो देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । विश्वको आंकडा हेर्ने हो भने कोरोना संक्रमणबाट निको हुने दर औसतमा ७० दशमलब ४ प्रतिशत रहेको छ भने मृत्युदर २ दशमलब २ प्रतिशत रहेको पाइन्छ । मृत्युदर देशहरु अनुसार तल माथि रहेको पाइन्छ ।
हाल विश्वमा कुल संक्रमितमध्ये २७ दशमलब ४ प्रतिशत सक्रिय संक्रमित रहेका छन्। यता नेपालमा भने कुल संक्रमितमध्ये जम्मा २ दशमलब ६२ प्रतिशत सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा