Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फ्रान्समा पनि देखा पर्‍यो कोरोना भाइरसको नयाँ प्रकार

फ्रान्समा पनि देखा पर्‍यो कोरोना भाइरसको नयाँ प्रकार

हेल्थ टिभी अनलाइन :  हालै यूकेमा देखिएको कोरोनाभाइरसको नयाँ भेरीअन्ट अर्थात् प्रकार फ्रान्समा पनि पहिलो पटक देखा परेको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको छ। उनलाई टूर्सस्थित उनकै घरमा एकान्तवासमा राखिएको छ। उनमा लक्षण देखिएको थिएन।

फ्रान्सले बुधवार यूकेसँगको आवतजावतमा उसले लगाएको प्रतिबन्ध हटाएको थियो।तर त्यहाँबाट आफ्नो देशमा आउनेहरूले सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने नियम लगाइएको छ। यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो।

नयाँ प्रकारको भाइरस थप सङ्क्रामक भएको भन्ने विवरणका माझ थुप्रै देशले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन्। नयाँ प्रकारको भाइरसको सङ्क्रमण रोक्न यूकेमा अहिले अत्यन्तै कडा बन्देजहरू लागु गरिएका छन्।

अहिले यूकेमा कोभिड १९ का कारण ७० हजार मानिसको ज्यान गइसकेको छ।

बीबीसीबाट :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै