स्पार्क अस्पताल विराटनगरले मनायो पाँचौं वार्षिकोत्सव
कोभिडको जोखिममा पनि निरन्तर सेवा दिने गमला राईले पाइन् 'उत्कृष्ट कर्मचारी अवार्ड'
हेल्थ टिभी अनलाइन\विराटनगर : विराटनगरस्थित स्पार्क नेचुरोपेथी तथा फिजियोथेरापी अस्पतालले पाँचौं वार्षिकोत्सव मनाएको छ । प्राकिृतिक चिकित्सा र फिजियोथेरापीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल स्पार्क अस्पतालले आफनो शाखाहरु पनि बिस्तार गरिरहेको छ ।
अस्पतालले आफनो वार्षिकोत्सवको अवसरमा दुई दिने नि: शुल्क शिविर एवं रक्तदान कार्यक्रम समेत गरेको थियो। आज गरिएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको र ८ पिन्ट रगत तत्कालै बिरामीका लागि लगिएको अस्पतालका अध्यक्ष रुपेश अधिकारीले बताए । उनले भने, ‘कोरोनाका कारण सदा झै भव्य रुपमा धेरै मानिस भेला गरेर कार्यक्रम गर्न सकेनौं तर स्वास्थ्यका सबै मापदण्ड पालना गरेर गरिएको कार्यक्रममा ११० जनाले सेवा लिनुभएको छ भने ५४ जनाले आएर रक्तदान गर्नुभएको छ, यो आफैमा हाम्रा लागि खुशीको कुरा हो ।’

यसका साथै उनले आफनो अस्पतालमा गरिएको रक्तदानबाट शल्यक्रिया गरिएका बिरामीको लागि फ्रेस रगत दिन सकिएको भन्दै खुशी व्यक्त गरे ।

कोरोना महामारीका बेलामा पनि अस्पतालमा नियमित आएर सेवा दिएको भन्दै यस वर्षको ‘उत्कृष्ट कर्मचारी अवार्ड’ रिसेप्सनिस्ट गमला राईलाई प्रदान गरिएको छ । १० हजार पुरस्कार राशीसहित उनलाई सम्मान गरिएको हो ।
अस्पतालले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर नि: शुल्क शिविर एवं जनचेतनामूलक कार्यक्रम गर्दैआएको छ भने आफ्ना कर्मचारीको कामको सम्मान गर्दै वार्षिकोत्सवमा नगदसहित अवार्ड दिंदै आएको अध्यक्ष अधिकारीले बताए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित