Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काउन्सिलले १२ जना चिकित्सकलाई भन्यो, एक महिनाभित्र प्रमाणसहित हाजिर हुनु

काउन्सिलले १२ जना चिकित्सकलाई भन्यो, एक महिनाभित्र प्रमाणसहित हाजिर हुनु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकलाई एक महिनाभित्र अनिवार्य उपस्थित हुन भन्दै सूचना जारी गरेको छ ।

उनीहरुलाई एक वर्ष अघि पनि पत्र काटेर उपस्थित हुन भनिएको भएपनि हालसम्म सम्पर्कमा नआएका कारण यस्तो सूचना जारी गरिएको काउन्सिलले जनाएको छ । यसपटक भने अन्तिमपटक उनीहरुलाई एक महिनको समयसीमा दिइएको छ ।

काउन्सिलले यसरी प्रमाणपत्रसहित उपस्थित हुन बोलाएका डाक्टरहरुमा डा प्रेक्षा शाह, डा रोशनकुमार शाह, डा शशीकान्त चौधरी,डा प्रतिमा कुमारी यादव, डा धनन्जय कुमार माली, डा रजनीश खड्का रहेका छन्। यसैगरी यसरी बोलाइनेमा डा रजनीश खड्का, डा विनिता सिंह,डा पुष्पकुमार तिवारी, डा सिताराम सिंह कुशवाह, डा कविता सिंह, डा दिपककुमार शर्मा र डा अजयकुमार अस्थाना रहेका छन्।

दर्ता किताबमा चिकित्सकहरुको दर्ता अभिलेख अध्यावधिक गर्ने काम सम्पन्न गर्नुपर्ने भएकाले उनीहरुलाई काउन्सिलले दिएको प्रमाणपत्र,नागरिकताको प्रमाणपत्र लगायतका कागजातसहित उपस्थित हुन सूचना निकालिएको सूचनामा उल्लेख छ ।

तोकिएको समयभित्र उपस्थित नभएमा नियम अनुसार कारवाही गरिने पनि जनाइएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि