काउन्सिलले १२ जना चिकित्सकलाई भन्यो, एक महिनाभित्र प्रमाणसहित हाजिर हुनु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकलाई एक महिनाभित्र अनिवार्य उपस्थित हुन भन्दै सूचना जारी गरेको छ ।
उनीहरुलाई एक वर्ष अघि पनि पत्र काटेर उपस्थित हुन भनिएको भएपनि हालसम्म सम्पर्कमा नआएका कारण यस्तो सूचना जारी गरिएको काउन्सिलले जनाएको छ । यसपटक भने अन्तिमपटक उनीहरुलाई एक महिनको समयसीमा दिइएको छ ।
काउन्सिलले यसरी प्रमाणपत्रसहित उपस्थित हुन बोलाएका डाक्टरहरुमा डा प्रेक्षा शाह, डा रोशनकुमार शाह, डा शशीकान्त चौधरी,डा प्रतिमा कुमारी यादव, डा धनन्जय कुमार माली, डा रजनीश खड्का रहेका छन्। यसैगरी यसरी बोलाइनेमा डा रजनीश खड्का, डा विनिता सिंह,डा पुष्पकुमार तिवारी, डा सिताराम सिंह कुशवाह, डा कविता सिंह, डा दिपककुमार शर्मा र डा अजयकुमार अस्थाना रहेका छन्।
दर्ता किताबमा चिकित्सकहरुको दर्ता अभिलेख अध्यावधिक गर्ने काम सम्पन्न गर्नुपर्ने भएकाले उनीहरुलाई काउन्सिलले दिएको प्रमाणपत्र,नागरिकताको प्रमाणपत्र लगायतका कागजातसहित उपस्थित हुन सूचना निकालिएको सूचनामा उल्लेख छ ।
तोकिएको समयभित्र उपस्थित नभएमा नियम अनुसार कारवाही गरिने पनि जनाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित