थप ६१३ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३८४
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । यी मध्ये हालसम्म २ लाख ४७ हजार ४ सय जना संक्रमणमुक्त भइसकेका छन्।
उता पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्युभएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८ पुगेको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ । यसैगरी ४ सय जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा